१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


पटकालगायत विस्फोटक पदार्थ नष्ट


0
Shares

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङ प्रहरीले फुङलिङ नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । 

बिहीबार फुङलिङ नगरपालिका–४ स्थित कोप्चेको खाली जग्गामा फेला परेको २ हजार ९७१ थान पटका नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

भुँईचम्पा, झिरमिरे जस्ता विष्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा पटका फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिए ।