१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


कौडा खेल्दा–खेल्दै स्थानीय व्यापारी र नेताहरु समातिए


0
Shares

बारा, कात्तिक १५ । बाराको निजगढमा जुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय एक घरमा कौडा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाकाअनुसार जुवाको खालबाट दुई लाख ३० हजार रुपैयाँ नगद बरामदसमेत गरिएको छ ।

पक्राउ पर्नेमा स्थानीय व्यापारी र राजनीतिक दलका नेताहरु रहेका जनाइएको छ ।