
सर्लाही । नेपाली कांग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी)शेखर कोइरालाको नेतृत्वको छानविन समितिले स्थलगत अनुसन्धान सुरु गरेको छ ।
कोइरालाको समितिमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहिको टोली परिचालित छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी निरन्जन भट्टको टोली पनि अनुसन्धानका लागि सर्लाही पुगेर काम सुरु गरेका छन ।
सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।
झडपका क्रममा चलेको गोली लागेर एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।
रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्