१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


प्रोत्साहन भत्ताले नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी बढे


0
Shares

कन्चनपुर । प्रोत्साहन भत्ता वितरण गर्न थालिएसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्या बढेको छ ।

कृष्णपुर नगरपालिकाले सुत्केरी भएपछि २४ घण्टा, ३ दिन र ७ दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमित रुपमा गर्ने महिलालाई प्रोत्सान स्वरुप ३ सय रुपैयाँ दिने व्यवस्था गरेपछि अहिले नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्या बढेको हो ।

कृष्णपुर नगरपालिका कार्यालयको स्वास्थ्य शाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५ सय ४९ जना महिला सुत्केरी भएकोमा ५२ जना महिलाले मात्रै सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएका थिए ।

चालू आर्थिक वर्षको ३ महिनामा १ सय ९२ जना सुत्केरी भएकोमा १ सय १ जना महिलाले सुत्केरी पछि नियमित स्वास्थ्य जाँच गराएको स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्टले जानकारी दिए ।