४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘सिटी एक्सप्रेस ईमेज दोहोरी स्टार’ को उपाधि राजु केसीलाई(हेर्नुहोस भिडियो)


0
Shares

काठमाडौं । इमेज च्यानल टेलिभिजनले आयोजना गरेको ‘सिटी एक्सप्रेस इमेज दोहोरी स्टार’ को उपाधि राजु केसीले जितेका छन् । बबिता बानियाँ ‘जेरी’ उपविजेता भइन । 

आइतबार साँझ भएको फाइनल प्रतिस्पर्धामा केसी दोहोरी स्टार बन्दै एकलाख रुपैंयाँ नगदसहित विभिन्न उपहारहरु हात पारे । उपविजेता बनेकी  ‘जेरी’ले ५० हजार नगद सहित विभिन्न उपहार प्राप्त गरिन् ।

विभिन्न चरणमा गरिएका घम्साघम्सी दोहोरी भाका मार्फत छनोट हुँदै आएका दुई प्रतिस्पर्धीलाई फाइनल राउन्डमा गरिएको प्रस्तुती र निर्णायकहरुले गरेको निर्णय बमोजिम विजेता र उपविजेता घोषणा गरिएको कार्यक्रमकी उप कार्यकारी निर्माता अनुशा पौडेलले जानकारी दिइन ।

देशभर आयोजना गरिएको अडिसन मार्फत १६ जना ‘सिटी एक्सप्रेस इमेज दोहोरी स्टार’ प्रतिगोगिताका लागि छनोट भएका थिए । बाँकी १४ प्रतियोगिलाई पछि पार्दै केसी र जेरी फाइलनमा पुगेका हुन् ।

रमेश विसी, पशुपति शर्मा र शर्मिला गुरुङ निर्णायक रहेको प्रतियोगितामा दोहोरी स्टार बनेका केसी र जेरीलाई इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले कदर पत्र प्रदान गरे ।

साथै कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीजकी उपाध्यक्ष इन्दिरा मानन्धर, कार्यक्रमकी परिकल्पनाकार अनुपा श्रेष्ठले विजेता तथा उपविजेतालाई पुष्पगुच्छा र खादा प्रदान गरे ।

दोहोरी स्टारको विजेता तथा उपविजेतालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका निर्देशक कृष्ण पौडेल तथा बजार प्रवन्धक मधु्कर लामा र म्यूजिक जोय मिडिया प्रालिका सुवास प्रधानले उपहार प्रदान गरे ।