२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्छ : नेता नेपाल


0
Shares

चितवन, असार १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीलाई संस्थागत ढंगले अघि बढाउँदै नयाँ उचाइमा पुर्‍याउने बताए ।

‘पार्टीको क्रान्तिकारी चरित्रलाई जोगाउनेमात्र होइन, अझै धारिलो बनाउँदै लैजानुपर्छ’–नेता नेपालले भने ।

उनले कुनैपनि काम गर्न अनुकूल वातावरण चाहिने भन्दै अहिले नेकपाका लागि सबै हिसाबले अनुकूल वातावरण बनेकाले राम्रो काम गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले दुई पार्टीको एकताले राष्ट्रिय राजनीतिमामात्र नभइ अन्तर्राष्ट्रियस्तरमा पनि छुट्टै प्रभाव पारेको भन्दै यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सत्ताको दम्भ देखाउन नहुने भन्दै सत्ताको स्वादले मान्छे बिग्रने सम्भावना हुने भएकाले सचेत हुनुपर्ने बताए ।

‘सबैखाले दम्भबाट पछि हट्नुपर्छ । क्रन्तिकारी शुद्धता कसरी कायम गर्ने, सबैखाले व्यक्तिवादी सोचबाट कसरी जोगिने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ’–उनले भने ।