Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


सडक निर्माणमा विवाद हुँदा नगरपालिकामा ताला


0
Shares

बैतडी, असार ४ । बैतडीको पाटन नगरपालिकामा स्थानीयले तालावन्दी गरेका छन् ।
सडक निर्माणको बिषयलाई लिएर स्थानीयले तालावन्दी गरेका हुन् ।
वडा नंवर ४ मा रहेको रौलेश्वर सडक निर्माणमा स्थानीयसंग विवाद हुदै आएको छ ।
प्रदेश सरकारको ३८ लाख बजेटमा निर्माण हुन लागेको सडक निर्माणको बिषयमा विवाद हुँदा नगरपालिकामा तालाबन्दी गरिएको हो ।
५ मिटरको दुरी कायम राखेर सडक निर्माण गर्न लाग्दा बिवाद उत्पन्न भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलसिंह महराले आफ्नो घरमा सडक पुर्‍याउने उद्देश्यले सडक निर्माण गरेकोले तत्काल सडक निर्माणको काम रोक्न दवाव दिदै स्थानीयबासिन्दाले नगरपालिका घेराउ गर्दै तालाबन्दी गरेका छन् ।
माग पूरा नहुँदासम्म तालाबन्दी नखोल्ने चेतावनी स्थानीयको छ ।