
काठमाडौं, कात्तिक १० । ‘आँखा बचाऔं, जीवन जोगाऔं’ भन्ने नारासहित युवा नेत्र सेवाले शनिबार कीर्तिपुरमा निःशुल्क आँखा परीक्षण गरी मोतिविन्दुको शल्यक्रिया गरेको छ ।
शिविरमा करिब १०० जनाको आँखा परीक्षण गरेर ३५ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
शिविरमा नुवाकोट, धादिङ, काभ्रे, भक्तपुरलगायतका जिल्लाबाट आएकाहरुको आँखा परीक्षण गरिएको थियो ।
युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले नेत्र सेवाले अहिलेसम्म ६ हजारजनाको निःशुल्क आँखा परीक्षण गरी दुई हजारभन्दा बढीको शल्यक्रिया गरेको जानकारी दिए ।
‘एक कप चिया’का सदस्यहरुबाट उठेको रकमबाट संस्थाले प्रत्येक वर्ष ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर सन्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्