
पर्वत । आफुलाई प्रहरी गुप्तचर (सिआडी) बताएर नगद र मोवाइल लुटपाट गर्ने दुई युवा पक्राउ परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ खरेहाबाट प्रहरीले शुक्रवार दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा न.५ वस्ने १९ वर्षीय सरोज परियार र २७ वर्षीय रसिद दिन रहेका छन् ।
दुई युवाले कुश्मा नगरपालिका ७ वस्ने रन्जित पौडेल र अभिषेक परियारलाई प्रहरीको सिआईडी भन्दै कुटपिट गरी उनीहरुको साथमा रहेका दुईवटा मोवाइल सेट, साउण्ड सिस्टम र नगद चार हजार पाँच सय लुटेका थिए ।
उक्त सामान र नगद लुटेर फरार भएका दुवै युवालाई लुकीछिपी हिडिरहेको अवस्थामा कुश्मा वजारवाट पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
दुवै जनालाई चोरी मुद्दा दर्ता गरी सरोज परियारलाई आठ दिन र अर्का प्रतिवादी रसिद दिनलाई सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्