२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सप्तरीमा अज्ञात रोगबाट दुई बालकको मृत्यु


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, कात्तिक ९ । सप्तरीको कन्चनरुप नगरपालिकामा अज्ञात रोगबाट दुईजना बालकको मृत्यु भएको छ ।

एक सातादेखि उच्च ज्वरो, बान्ता आउने र टाउको दुख्ने समस्याले ग्रसित रहेका वडा नम्बर–७ का ६ वर्षीय कृषजंग कटुवाल र वडा नम्बर–५ का १३ वर्षीय कृष्णा सदाको मृत्यु भएको हो ।

कटुवालको यही कात्तिक ६ र सदाको ७ गते उच्च ज्वरो, बान्ता आउने र टाउको दुख्ने समस्याले मृत्यु भएको नगरपालिकाका स्वास्थ्य समिति संयोजक डम्बर गुप्ताले जानकारी दिए ।

एक महिनाअघि ‘स्वाइन फ्लु’बाट मृत्यु भएकाहरुकोजस्तै लक्षण देखिएर दुवै बालकको मृत्यु भएका कारण स्थानीयहरुमा त्रास बढेको छ ।