११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


प्रहरी अधिकृत बर्खास्तपछि निर्मलाकी आमा के भन्छिन् ? (भिडियो)


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, कात्तिक ९ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकान्डमा प्रमाण नस्ट गरेको र त्यसपछिको आन्दोलनमा दमन गरेको आरोप लागेका दुई प्रहरी अधिकृतलाई सरकारले सेवाबाट हटाएपनि पीडित पक्षले भने राहत महसुस गर्न सकेका छैनन् ।

प्रमाण नस्ट गर्ने र शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा हत्यारा यथाशीघ्र पत्ता लगाउनुपर्ने माग पीडित पक्षको छ ।

निर्मलाको बलात्कारपछि भएको हत्याको घटनामा प्रमाण नस्ट गरेको आरोपमा सरकारले कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको छ ।

तर, निर्मलाका आफन्तलगायत स्थानीयवासीले भने वास्तविक अपराधी पत्ता नलगाइ न्यायको अनुभूति नहुने बताएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीको बर्खास्तीभन्दा हत्यारा पत्ता लगाउनु महत्वपूर्ण विषय भएको बताइन् ।

यस्तै, निर्मलाको न्यायका निम्ति भएको प्रदर्शनमा मृत्यु भएका बालक सनी खुनाको परिवार पनि प्रहरी बर्खास्त गरेरमात्रै नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्छन् ।

भिडियो हेर्नुहोस्