११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


हिरासतबाटै दुई अभियुक्त फरार, प्रहरीकै संलग्नताको आशंका


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, कात्तिक ९ । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतकक्षबाट बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन् ।

कर्तव्य ज्यान तथा अपहरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरु भेन्टिलेसनको रड काटेर फरार भएका हुन् ।

फरार हुने थुनुवामा विराटनगर महानगरपालिका–१७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन छन् ।

दुवैजनालाई आफ्नै साथी मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।

अस्ताकको शव हत्या गरेर फालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइपमुनि फेलापरेको थियो ।

रड काटेर थुनुवा भागेको गम्भीर घटनामा प्रहरीकै संलग्नता हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको छ ।

फरार अभियुक्तहरुको खोजी भइरहेको जनाइएको छ ।