१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


रोल्पामा ६७ जना एचआइभी संक्रमित


0
Shares

रोल्पा, कार्तिक ९ । रोल्पामा एचआइभी संक्रमितको संख्या ६७ पुगेको छ ।

यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको संख्या बराबर छ । 

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् ।

संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् ।

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छन् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले बताइन् ।

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताइन् । (रासस)