
दैलेख, कार्तिक ९ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ भुवा टाकुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।
दुर्घटनामा एक युवती गम्भीर घाईते भएकी छिन् । मृत्यु हुनेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २९ वर्षीय नन्दबहादुर शाही छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घइते भएकी ट्याक्टरमा सवार स्थानीय १९ वर्षीया मनिषा कुमारी शाहीलाई भने उपचारको सुुर्खेत पठाइएको छ ।
बिहीबार साँझ पौने ६ बजे भे१त ३७४२ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी पानीपोखरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्