
विराटनगर, कात्तिक ८ । विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ अभियुक्तमध्ये बिहीबार विराटनगरमा एकजनालाई सार्वजनिक गरिएको छ ।
अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गरिएको हो ।
यही कात्तिक २ गते दसैं मेला घुम्नेक्रममा विराटनगर–१४ का राहुल भगतको विराटनगर, बुधहाटचोक, हनुमान मन्दिरअगाडि छुरा प्रहार गरी हत्या गरिएको थियो ।
सो आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकामा विराटनगर–११ का १८ वर्षीय ‘कुहिरा’ भनिने विशाल सहनीलाई सार्वजनिक गरिएको छ ।
अन्य आरोपित कम उमेर समूहका भएकाले सार्वजनिक नगरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।
साथीबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तले घेरा हाली भगतको हत्या गरेको प्रारम्भिक अनुसन्धानकाक्रममा खुलेको बताइएको छ ।
घटनास्थलनजिक राखिएको सीसीटीभी फुटेजको विश्लेषणबाट अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको थियोे । रासस
प्रतिक्रिया दिनुहोस्