Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


मलमूत्र खुवाउन खोज्ने युवती पक्राउ


0
Shares

सप्तरी, कात्तिक ८ । बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका–२, मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याइ सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए ।

पीडितले गत असोज २३ गते इलाका प्रहरी कार्यालय कन्चनरुपमा उजुरी दिएकी थिइन् ।

पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । रासस