
काठमाडौं, कार्तिक ८ । नेपाली कांग्रेसले दिवंगत नेता चक्रप्रसाद बास्तोलाको १३ औं दिनको पुण्य तिथिमा आज देशैभर शोकसभा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको शोकसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता बास्तोलाको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन बास्तोलाले पुर्याएको योगदानको प्रशंसा गर्दै बास्तोलाले सुरु गरेका अधुरा कामलाई कांग्रेसले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले भावुक हुँदै बास्तोलाले लोकतान्त्रिक आन्दोलनलाई सफल पार्न पुर्याएको योगदानलाई पार्टीले मूल्यांकन गर्ने बताए ।
श्रद्धाञ्जली सभामा बास्तोलाका दुई छोरी सुम्निमा र गरिमाले पार्टीलाई मुढेबलका आधारमा मात्र नभई वुद्धिले अगाडी बढाउनुपर्ने सुझाव दिएका थिए ।
कांग्रेस नेता बास्तोलाको गत असोज २७ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्