८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


दक्ष जनशक्तिको अभावमा स्वास्थ्य केन्द्रका उपकरण प्रयोगविहीन


0
Shares

उदयपुर, कार्तिक ८ । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा जनशक्तिको अभाव हुँदा उपकरणहरु प्रयोगविहीन बनेका छन् ।

स्वास्थ्य केन्द्रमा रहेका युएसजी मेसिन, एक्सरे, ईसिजी, भाइटल मनिटरलगायतका उपकरण जनशक्ति अभावकै कारण प्रयोगविहीन भएका हुन् ।

चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि करिव ७५ लाख रुपैयाँका उपकरण प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको थियो । तर ती उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

गर्भवती जाँच, इसिजीबाट गरीने सामान्य जाँचबाहेक अन्य उपकरणबाट सेवा दिन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।