
-मानबहादुर वली र हेमन्त कंडेल(ईमेज)
सुर्खेत । सुर्खेतस्थित भेरी अञ्चल आयुर्वेदिक औषधालयको सेवा प्रभावकारी नभएको गुनासो स्थानीयले गरेका छन् ।
कर्णाली प्रदेशको एक मात्र आयुर्वेदिक औषधालय सञ्चालनका लागि सीमित बजेट आउने भएकाले बिग्रिएका मेसिन बनाउनसमेत समस्या भएको छ ।
६ नम्बर प्रदेशको एकमात्र आयुवेर्दिक औषधालय भेरी अञ्चल आयुर्वेदिक औषधालय व्यवस्थापनका अभावमा त्यत्तिकै अलपत्र छ ।
जसमा राज्यको पक्षबाट खासै चासो चिन्ता र ध्यान पुग्न सकेको छैन ।
प्रदेशको संरचनाअनुसार यस आयुर्वेदिक ओषधालयलाई संचालन गर्न सके हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको उपयोग हुने र प्राकृतिक औषधिबाट विरामीको उपाचारमा मद्दत हुने धेरैको आँकलन छ ।
सिमित स्रोत साधनले संचालन हुदै आएको यस औषधालयबाट राम्रो सेवा पाएको स्थानिय बिरामी बताउँछन् ।
आर्युवेदिक औषधालय संचालन गर्न सिमित बजेट आउने भएकाले चुर्ण औषधी बनाउने मेसिनबाहेकका सबै मेसिन वर्षौदेखि बिग्रेर थन्किएको सहायक मेसिन चालक सुकदेव आचार्यको भनाइ छ ।
यता दुई वर्ष अघि आर्युवेदिक औषधालयलाई १५ शैयामा स्तरोन्तति गर्न सर्वे गरी मन्त्रालयमा पठाएको प्रतिवेदन सरकारी ढिलासुस्तीका कारण अलपत्र परेको औषधालयका प्रमुख डा.महेशकेश खनाल बताउँछन् ।
दैनिक ५० जना बिरामी उपचारका लागि आउने औषधालयलाई राज्यले प्राथमिकतामा नपार्दा सेवा चुस्त बन्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्