८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


महिलाहरुको सामूहिक फूलखेतीः भारतबाट आयात रोक्ने अभियान (भिडियो)


0
Shares

रवीन भट्टराई/ईमेज:

झापा । चाडपर्वको समयमा वर्षेनी भारतबाट सयपत्री लगायका अन्य फूलको ठूलो परिणाममा आयात गर्नुपर्न बाध्यता छ ।

यही बाध्यतालाई थोरै भएपनि टार्न झापा विर्तामोडका महिलाहरु फूलमा आत्मनिर्भर बनाउने अभियानमा जुटेका छन् ।

अतिथि स्वागत गर्नेदेखि पूजापाठमा आवश्यक फूलको लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ । कृषिप्रधान मुलुकका लागि यो सुहाउने कुरा भने पटक्कै होइन ।

यसैबीच झापाको बिर्तामोड क्षेत्रका ३५ जना महिलाले उद्यमी समुह गठन गरेर सामुहिक फुल खेतीमा लागेका छन् ।

यतिबेला उनीहरुले रोपेको फूल ढकमक फुलेको छ । अघिल्लो वर्ष उत्पादित फूलले राम्रो बजार पाएकोले यो वर्ष  जग्गा बढाएर १ बिघा पुर्‍याएको उद्यमी समुहकी अध्यक्ष गोमा भट्टराई बताउँछिन् ।

अर्गानिक पद्धतिबाट खेती गरिएकोले आयातीत मालाको तुलनामा बढी माग रहेको र आफूहरुको उद्देश्य नै मालाको आयात घटाउनु रहेको अध्यक्ष भट्टराईको धारणा छ ।

फूल खेतीका लागि विर्तामोड नगरपालिकाले पनि तालिम दिएर सहयोग गरेको थियो ।

उनीहरुले अहिले बीउ पनि आफैं उत्पादन गर्न थालेका छन् । वार्षिक १ लाख ४० हजार खर्च हुने गरेको छ ।

फूलखेतीबाट हाल दैनिक २ सयदेखि ३ सय हाराहारीमा सयपत्री फूलका माला बिक्री हुँदै आएका छन् ।

जसमा माला प्रतिगोटा ४० देखि ६० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

सानो क्षेत्रबाट सुरु गरेको फूल खेतीले राम्रो बजार ओगटेपछि महिलाहरु पनि उत्साहित छन् ।