१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


लन्डनमा बुधबार ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ घोषणा गरिंदै


0
Shares

काठमाडौं । लन्डन फेशन हाउसको आयोजनामा ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को फाइनल प्रतिस्पर्धा बुधवार(आज) हुँदैछ ।

ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा हुन लागिरहेको प्रतिस्पर्धामा बेलायतका विभिन्न स्थान र पेशामा आवद्ध १३ सहभागीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

बेलुकी ६ बजेबाट सुरु हुने प्रतिस्पर्धामा प्रतियोगीहरु ४ सिक्वेन्समा विभिन्न पहिरनमा प्रस्तुत हुने छन् ।

कार्यक्रमलाई पूर्व मिसेस नेपाल यूके २०१७ आस्था जोशीले संयोजन र सुस्मीता थापाले पनि सहयोगीको भूमिका निर्वाह गर्नेछिन् ।

कार्यक्रममा करिब तीनसय जना दर्शकहरु उपस्थित हुने आयोजकको दाबी छ ।

प्रतिस्पर्धीहरुलाई विभिन्न विधाका विज्ञहरुबाट व्यक्तित्व विकास, योगा तथा फिटनेस तालिम, हेयर एण्ड ब्यूटी टिप्स र बकिङह्याम प्यालेस भ्रमण गराइनुका साथै प्रतिस्पर्धाको सम्पूर्ण तयारी सकिएको अयोजक संस्थाकी निर्देशक एवं मिसेस नेपाल युनिभर्स २०१८ विजेता मनिषा डंगोल श्रेष्ठले जानकारी गराएकी छन् ।

विभिन्न सिक्वेन्स पश्चात निर्णायक मण्डलको नम्बरको आधारमा उत्कृष्ट ५ र उत्कृष्ट ५ लाई सोधिएको प्रश्न–उत्तरको आधारमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत करिब ३०० दर्शकमाझ दोस्रो मिसेस नेपाल यूके २०१८ घोषणा गरिने छ ।

प्रतियोगितामा मिसेस नेपाल यूके, फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाइटल राखिएको छ ।

विजेताहरुले ट्रफी, विभिन्न गिफ्ट हयाम्पर, म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने आयोजकले जनाएको छ ।