Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


१६ जना जुवाडे पक्राउ


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, कार्तिक ५ । पर्वत सदरमुकाम कुश्माबजारबाट १६ जना जुवाडेलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।

गोप्य श्रोतको आधारमा प्रहरीले खोजी गर्दा कुश्मा नगरपालिका वडा नंं. ६ फिल्महल चोकस्थित शंकर लामिछानेको घरबाट गत शुक्रबार उनीहरु पक्राउ परेका हुन् । उक्त जुवाखालबाट १ लाख ७१ हजार ९ सय रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेका तथा च्याँखे थापिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरिएको हो । नगदसहित दुई बुक तास र जुवा खेल्न प्रयोग गरिएको गलैंचा थान १ समेत बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जुवाडेहरुलाई आइतबार जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी ५ दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा वाग्लुङ नगरपालिका १२ घर भई हाल कुश्मा नगरपालिका–६मा डेरा गरी बन्ने डेरावाल युनिस मिया, कुश्मा–५ का सुवर्ण अर्याल, महेन्द्र जोशी, रफदिन मियाँ, मोहविन दिन मियाँ, शशिभुषण कुमार रहेका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका वडा नंं. ४ का राजेशकुमार श्रेष्ठ, वडा नं. ६ साजिद खान, बागलुङ नगरपालिका वडा नं. २ का ज्ञानबहादुर कार्की, रहिमद मिया, मोहम्मद तारा, कुश्मा नगरपालिका वडा नं. ५ का अजिम दिन, वडा नं. ७ का २४ का कलाम दिन, वडा नं. ६ का ताहिर बक्स, कुश्मा नगरपालिका वडा नंं. ९ का सुनिल क्षेत्री र कुश्मा नगरपालिका वडा नं. ५ का दिपक श्रेष्ठ छन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले सोमबारमात्रै सार्वजनिक गरेको हो ।