१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी मस्यौदा तयार


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी नयाँ संरचना र दरबन्दीको मस्यौदा तयार पारेको छ ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँच अझ सर्वसुलभ बनाउन प्रस्ताव गरिएको हो ।

सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालिम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ ।

ती निकायमा ११ औँ तहको दरबन्दी रहने प्रस्ताव तयार पारिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते समिति गठन गरेका थिए ।

मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन् ।

संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा संघको संरचना तथा दरबन्दी पुनरावलोकन समेत गरेको छ ।

यसअघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो ।