
डडेल्धुरा । एकै परिवारका चार जनालाई हात्तीपाइले रोगको संक्रमण भएपछि डडेल्धुराका बनबहादुर महतालाई छाक टार्न मुस्किल भएको छ ।
डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ जर्मना गाउँका महता ३५ बर्षदेखि हात्तीपाइले रोगसँग संघर्ष गर्दै आएका छन् ।
पछिल्लो समय एक छोरी र दुई छोरामा समेत हात्तीपाइले रोग लागेपछि उनलाई परिवार धान्नै धौधौ परेको छ ।
हात्तीपाइले रोगकै कारण काम गर्न नसक्ने अवस्था भएपछि सबै जना घरमै रहने गरेका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा सानो तिनो खर्चमा उपचार गरे पनि राम्रो उपचार नभएको र कसैले आफूहरुलाई उपचारका लागि सहयोग नगरेको गुनासो महताको छ ।
उनी अर्काको घरमा बस्दै आएका छन् । उनको श्रीमती र वुहारीमा भने रोगको संक्रमण देखिएको छैन ।
बनवहादुरका बुवा र एक जना भाइलाई पनि हात्तीपाइले रोगले संक्रमण गरेको थियो ।
आर्थिक अभावले थलिएको यस परिवारले अब उपचारमा सम्भव नभए पनि परिवार पाल्नका लागि सहयोगको आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्