३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आंशिक सेवा सुरु गर्ने


0
Shares

नेपालगन्ज, असार ९ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आगामी सोमवारदेखि आंशिक सेवा शुभारम्भ गर्ने भएको छ ।

अस्पताल ब्यवस्थापनले आज पत्रकार सम्मेलन गरेर सोमबारदेखि आंशिक सेवा शुभारम्भ गर्ने जानकारी दिएको हो ।

बैशाख अन्तिम सातादेखि संचालनमा ल्याउने तयारीमा जुटेको अस्पताल व्यवस्थापनले सोमवारबाट सेवा संचालनमा ल्याउन थालेको हो ।

अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार सुरुमा ओपीडि सेवा सुरु गरिने बताए ।

एक सय बेडको पूर्वाधार स्वीकृति पाएपनि सबै हिसाबले ५९ बेड तयार गरेर सेवा शुभारम्भ गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेल सहित ५ जना चिकित्सक खटिइसकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले ओपीडी सेवामार्फत यथासम्भव उपचार गर्ने र जटिल प्रकारका विरामीलाई चितवन भरतपुर रिफर गर्ने बताइएको छ ।

हालसम्म ३५ करोड बढी लगानी भैसकेको अस्पतालका भौतिक संरचना निर्माणमा थप २५ करोड रुपैया यस बर्षका लागि माग गरिएको छ ।

देशकै सुविधा सम्पन्न क्याबिन सहितका ५९ शैया जडान भैरहेको क्यान्सर अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक सुविधा सम्पन्न अपरेशन थियटर तयार भएपछि ओपीडी सञ्चालनमा ल्याउन थालिएको हो ।