
काठमाडौं । साँझको समय। बढ्दै गएको चिसो मौसम। तर त्यो चिसो मौसमको पनि प्रवाह नगरी भेला भएका स्थानीय ।
यो दृश्य हो पर्साको ठोरी गाउँपालिका २ स्थित गौतमनगरको । गौतमनगरको त्यो प्रांगढमा तीन दिनदेखि यसरी नै दर्शक आइरहेका छन् ।
स्थानीय दुर्गा पूजा तथा मेला आयोजक समिति ठोरीले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा उनीहरु रमाइरहेका छन् ।
तीन दिनसम्म स्थानीय कलाकारसँग मनोरञ्जन गरिरहेका स्थानीयले बुधबार भने हेमन्त शर्माको प्रश्तुतीसँगै रमाए । संगीतमा एउटा शक्ति हुन्छ । त्यो शक्तिले जो कोहीलाई पनि सहजै मनोरञ्जन दिनसक्छ ।
अझ चर्चित गीत दिन सफल शर्माका गीतबाट मनोरञ्जन नलिने त सायदै होलान् । उनको गीतमा जो केही पनि रम्ने गर्छन्। ठोरीवासी पनि उनको प्रश्तुतीमा निकै रमाएका थिए ।
शर्मा बढ्दै गएको तराईको चिसोलाई पनि तताउन सफल भए । उनको प्रश्तुती नै त्यस्तै थियो । घरिघरि दर्शकको भिडमा गएर उनी आफ्नो प्रश्तुती दिन्थे ।
समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा शर्माले ‘उकाली, उकालाीमा जाँदा–जाँदै’, ‘गुडेको रेल पनि’, ‘थापन–थाप हातैमा’ लगायत आधा दर्जन बढी गीत प्रश्तुत गरे
। उनले प्रश्तुत गरेका सबै गीतमा दर्शक छमछमी नाचे।
उक्त कार्यक्रममा निशान्त तामाङ, सागर श्रेष्ठले आफ्नो प्रश्तुती दिएका थिए भने स्थानीय हाँस्य कलाकार उमेश गौतमले हाँस्य खुराक प्रश्तुत गरेर दर्शकलाई हँसाए ।
उक्त कार्यक्रम बिहीबार समापन हुँदैछ। समापन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती रहने आयोजक समिति अध्यक्ष बिकल आचार्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्