
काठमाडौं । पछिल्ला केही वर्षयता दसैंलगायतका चाडपर्वमा विभिन्न खानपानसँगै मदिराजन्य पेय पदार्थको उपभोग पनि बढ्दै गएको छ ।
तर रमाईलोका लागि गरिने यस्ता पदार्थको सेवनले मानिसको स्वास्थ्यमा भने नकारात्मक असर पर्ने चिकित्सकहरु बताउंछन् ।
मदिरा सेवनका कारण स्वास्थ्यमा पु¥याउने असरका सन्दर्भमा गरिएका विभिन्न अनुसन्धानले निश्चित मात्रामा यसको सेवनले केही फाइदा हुने देखाएको छ ।
तर अत्याधिक रुपमा मदिरा सेवन गर्दा शरीरमा असर पार्दै क्यान्सरसम्म हुने जोखिम रहन्छ ।
मदिरा सेवनको मात्रा बढ्दै जांदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुदै मुटु, कलेजो,प्यानक्रियाजमा असर पुर्याउछ ।
विभिन्न रोगहरुको संक्रमणको खतरा पनि उत्तिकै हुन्छ ।
चिकित्सकहरुका अनुसार अनुसार अत्याधिक मदिरा सेवनले स्वास्थ्यमा असर गर्छ भने सेवनको मात्रा बढ्दै जांदा लत नै बस्ने खतरा पनि उत्तिकै रहन्छ ।
मदिरा सेवनको लत बस्दा यसबाट हुने वेफाइदाको सूची भने लामै हुन्छ ।
मानिसको रगतमा अल्लोहलको मात्रा जति बढ्दै जान्छ त्यसले दिमाग र स्नायु प्रणालीलाई त्यत्ति नै नकारात्मक प्रभाव पार्छ ।
मस्तिष्कमा असर पुग्दा विभिन्न हिंसा र आपराधिक क्रियाकलापमा घट्न पुग्ने सम्भावना त्यत्तिकै रहन्छ ।
तथ्याङ्क हेर्ने हो भने चाडबाडको समयमा गरिने मदिरा सेवनका कारण आपराधिक घटना बढेको देखाएको छ ।
मदिरा सेवन सवारी दुर्घटनाको कारक बन्ने खतरा समेत उत्तिकै रहन्छ ।
समग्रमा हेर्दा मदिरा सेवनले शरीरमा फाइदा पुग्नु भन्दा यसले गर्ने नकारात्मक असर नै बढी देखिन्छ ।
चाडपर्वका अबसरमा रमाइलोका नाममा गरिने मदिरा सेवनले पछि गएर स्वास्थ्यमा गंभिर असर पुग्ने अबस्था नआओस् भन्ने तर्फ सचेत बन्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्