१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


स्वास्थ्य परीक्षणका सामाग्री दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन


0
Shares

-केदार कटुवाल/ईमेज:

उदयपुर । उदयपुरको एक प्राथमिक स्वास्थ्य केन्द्रमा न्यूनतम आवश्यक स्वास्थ्य परीक्षणका सामाग्री हुँदाहुँदै जनशक्तिको अभावमा प्रयोगविहीन बनेका छन् ।

चौदण्डीगढी नगरपालिका– ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा युएसजी मेसिन, एक्स्रे , ईसिजी, अक्सिजन कन्सटेटर, भाइटल मनिटरलगायतका उपकरण भए पनि  आवश्यक जनशक्तिको अभावमा प्रयोग विहीन बनेका हुन् ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधारको लागि करिव ७५ लाखका उपकरण उपलब्ध गराएको हो ।

तर दक्ष प्राविधिकको अभावमा विरामीले यी उपकरणबाट सेवा उपलब्ध हुन सकेको छैन ।

यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले सेवा क्षेत्र भित्र चौदण्डीगढीका साथै बेलका नगरपालिका, भोजपुरका पश्चिम दक्षिणका दुई गाउँपालिका, खोटाङ्गको दक्षिणी भेगका ३ गाउँपालिका सहित तीनलाख भन्दा बढी सर्वसाधारणलाई सेवा पुर्‍याउदै आएको छ ।

युएसजी मेसिनबाट गर्भवती जाँच, इसिजीबाट गरिने सामान्य जाँच बाहेक अक्सिजन कन्सनटेटर, भाइटल मनिटर युएसजीबाट, सेवा दिन नसकिएको स्वास्थ्य केन्द्र प्रमुखले बताए ।

दैनिक १ सय देखि १ सय ५० विरामीले वहिरङ्ग सेवा लिइरहेको प्रसुतिका लागि अन्तरङ्ग सेवा र आकस्मीक सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत डा.सन्तोष राईले जानकारी दिए ।

एक स्थानीय तह, एक अस्पताल तथा न्युनतम ५० हजार जनसंख्यामा १५ सैयाको अस्पताल हुने स्वास्थ्य नीति भए पनि बर्षौदेखि यस क्षेत्रमा अस्पतालको माग भइरहेको छ ।

यद्यपी,  यहाँका सर्वसाधारण ठूला खालको स्वास्थ्य उपचारका लागी धरान, विराटनगर, काठमाडौं जान वाध्य छन् ।