Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


मूल्यवृद्धिले मर्कामा


0
Shares

काठमाडौं, असोज ३० । यो वर्ष खाद्यान्न, लत्ताकपडा, खानेकुरा तथा मिठाइको मूल्य उच्च भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

तरकारी, चिनीजस्ता दैनिक उपभोग्य वस्तुहरुको भाउ पनि आकाशिएको गुनासो सर्वसाधारणको छ ।

गत वर्षभन्दा यो वर्ष मूल्यवृद्धिले आफूहरु मर्कामा परेको उपभोक्ताको भनाइ छ ।

दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढेकाले भान्सा महँगो भएको उनीहरुको गुनासो छ ।

डलरको भाउ बढेकाले वस्तुको मूल्य पनि बढ्न गएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यको भनाइ छ ।

उनले ठूला व्यापारीले मौका छोप्दा साना व्यापारीसहित उपभोक्ता मर्कामा परेको जिकिर गरे ।