१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


फार्मेसीमा समयमा टेन्डर नगर्दा औषधिको चरम अभाव


0
Shares

कैलाली । कैलालीस्थित सेती अञ्चल अस्पतालको फार्मेसीमा समयमा टेन्डर नगर्दा औषधिको चरम अभाव देखिएको छ ।

फार्सेमीमा अधिकांश औषधि अभाव हुँदा हजारौं बिरामीहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा यतिबेला अधिकांश औषधिहरु अभाव छन् ।

पहिलेदेखि उपलब्ध गराउँदै आएका ४ सय ८५ प्रकारका औषधिमध्ये २ सय ८५ प्रकारका औषधिको  अभाव छ ।

फार्मेसी इन्चार्ज भरत कुँवरले चालु आर्थिक वर्षको सुरुदेखि नै औषधिको अभाव रहेकाले दैनिक २ सय जति ग्राहकलाई फर्काउनुपरेको बताउँछन् ।

फार्मेसीमा औषधि अभाव नहुँदा बिरामीहरु नजिकका निजी अस्पतालमा बिरामीको भीड देखिन्छ । निजी अस्पतालमा महँगोमा औषधि किन्दा हैरान भएकाहरु भने आक्रोशित छन् ।

सस्तोमा औषधि पाइन्छ भनेर फार्मेसी आएपनि औषधि नपाउँदा निजी मेडिकलबाट किनेको शिवनगरका नन्दराज जोशी  गुनासो गर्छन् ।

लामो समयदेखि औषधि अभाव हुँदा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण औषधिको अभाव भएको बुझिएको छ ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा काम गर्दा अलि बढी संवदेनशील हुनुपर्ने देखिन्छ ।