Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


निलम्बनमा परेको नेपाली क्रिकेट छिट्टै फुकुवा हुने विश्वास


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज २९ । निलम्बित नेपाल क्रिकेट संघ (क्यान)का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विवाद समाधान गर्नका लागि क्यान सधैं तत्पर रहेको बताएका छन् ।

सोमबार बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाडौंमा सन्चालन हुने निंगलाशैनी प्रिमियर लिग ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको लोगो सार्वजनिक गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले भनेअनुसार नै सबै काम गरेकाले निलम्बनमा परेको नेपाली क्रिकेट छिट्टै फुकुवा हुने विश्वास व्यक्त गरे ।

नेपाली क्रिकेटलाई निकास दिनका लागि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई फिर्ता लिन लागिएको चन्दको भनाइ छ ।