१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


यसरी धुनुपर्छ हात (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज)

काठमाडौं, असोज २९ । अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘सफा हात, मेरो स्वास्थ्यको आधार’ भन्ने नारासहित यस वर्षको दिवसलाई  हात धुने र खानाबीचको सम्बन्धमा केन्द्रित गराइ खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ ।

सामान्यतयाः तपाइँ दिनमा कतिपटक हात धुने गर्नुहुन्छ ? सुन्दा सानो कुरा हो । तर, राम्रोसँग हात नधोएका कारण नै मानिसलाई विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने गर्छ ।

शैचालय गएपछि, खेतबारीमा काम गरेपछि र खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात नधुँदा त्यसले झाडापखाला, हैजा, टाइफाइड, आउँपर्नेलगायतका सरुवा रोग्ने लाग्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

विभिन्न काम गरे पनि राम्रोसँग हात नधुने बानीका कारण केही खानेकुरा खाँदा हातको किटाणु मानिसको शरीरमा प्रवेश गर्छ ।

त्यसकारण खाना बनाउनुअघि, खाना खानुअघि र पछि राम्रोसँग  साबुनपानीले हात धुने गर्नुपर्छ ।

साबुनपानीले हात धोएका त छौं भनेरमात्र पनि हुँदैन । नङ, हातको कापा मिची–मिची सफा गर्न डा. पुन सुझाव दिन्छन् ।

सरसफाइ र खानेकुरामा ध्यान नदिँदा नेपालमा वर्सेनि झन्डै पाँच हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ ।

खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनुपहिले नियमितरुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु आधाले, निमोनियाबाट हुने मृत्युलाई एकतिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एकचौथाइले घटाउनसकिने चिकित्सकहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्