१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


गुल्जार बन्दै गाउँघरः दशैंका कारण सहर सुनसान, गाउँमा रमझम(हेर्नुहोस भिडियो)


0
Shares

कविराज घिमिरे/ईमेज:

काठमाडौं । नेपालीहरुको महान चाड वडादशैं घरघरमा भित्रदा शहर बजार रित्तिने क्रम बढ्दो छ 

तर, प्रायः सुनसान रहने ग्रामीण क्षेत्र भने यही समय चहलपहल पूर्ण बनेका छन् । यतिबेला गाँउघर फर्कनेहरुको भीडभाड बढेको छ ।

विभिन्न काम, व्यापार र पढाइको सिलसिलामा घरभन्दा बाहिर रहेकाहरु गाँउ फर्कदा प्राय बाह्रै महिना सुनसान रहने ग्रामीण क्षेत्रमा भने चहलपहल बढेको छ ।

घर फर्किएर कोहि किनमेलमा ब्यस्त छन् त कोहि घर पोत्न, कोहि रङ्ग गर्न त कोहि पिङ्ग हाल्न ब्यस्त छन् ।

यो समय गाँउघरका ति बुढा घरले पनि रुप फेर्ने गरेका छन् भने ति बुढा घरमा बुवा आमा पनि केहि दिन मात्र भएपनि आफ्ना परिवार संग गाँउघरमै बिताउन पाँउदा सुखका सास फेर्ने गरेका छन् ।

साथीभाइ भेला भइ घर सडक सफा गर्दा प्राय उराठ लाग्ने ग्रामिण क्षेत्रका घरघर अनि बस्ती बस्ती उज्यालो र चम्किलो बनेका छन् । त्यसैले त आएको छ गाँउ गाँउ बस्ती बस्तीमा दशैं । 

अझ भन्नैपर्दा परिबारवाट छुटिएकाहरु पनि मान्यजनको हातवाट टिका जमरा र आर्शिवाद लिन मुल घर आउने हुँदा गाँउघर थप चहलपहलपुर्ण बनेका हुन् ।

त्यसैले त दशै गाँउघरबाट बिभिन्न कारणले परिवार तथा साथीभाइसँग छुट्टिएकाहरुको लागि भेटघाट गर्ने एक सुन्दर अवसर समेत बन्दै गएको छ ।

बर्षौ एक अर्का संग छुट्टिएकाहरुलाई समेत यो दशैंले भेट गराउने गरेको छ ।

दशैमा सबै भेला भएर आफ्ना आफन्त परिवार साथीभाइसंग घुमफिर गर्दै खादै मान्यजनवाट टीका जमरा आर्शिवाद थाप्ने गरिन्छ ।

जसले गर्दा बाहै्र महिना सुनसान र उराठ लाग्दो ग्रामिण क्षेत्र पनि निकै सुन्दर र चहलपहलपुर्ण बन्ने गरेका छन् ।