८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


गुरुङ भाषाको चलचित्र ‘फुङ्’मा गोरखाको मौलिकता(भिडियो)


0
Shares

काठमाडौं । गुरुङ भाषामा निर्माण गरिएको चलचित्र “फुङ्” को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

उत्तरी गोरखा तमु समाज फुङ्को निर्माणमा बनेको गुरुङ भाषाको चलचित्र “फुङ्”ले त्यस क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायको भाषा, संस्कृती र रितीरिवाजलाई देखाउन खोजिएको छ ।

चलचित्रमा प्रयोग गरिएको भाषामा विवाद भएपश्चात लामो समयसम्म नेपाल सेन्सर वोर्डमा रोकिएको उक्त चलचित्रले केहि दिन अगाडी मात्र सेन्सर पासको प्रमाणपत्र हात पारेको हो ।

चलचित्र अब छिटै देशको विभिन्न ठाउमा प्रदर्शनमा लैजाने तयारीमा आफूहरु रहेको उत्तरी गोरखा तमु समाजको महासचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

तमु समाजसंगै चलचित्रमा निर्माता रहेका आइतराम गुरुङ, सुमन गुरुङ, बुध गुरुङको साथमा तुल बहादुर गुरुङ धने गुरुङ, खगेन्द्र गुरुङ, मिरा गुरुङ र सलिना गुरुङको मुख्य अभिनय रहेको छ ।  चलचित्रलाई प्रित्तम गुरुङले निर्देशन गरेका हुन्  ।