१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


पर्यटन तथा आरोहण क्षेत्रलाई समेटेर बृत्तचित्र निर्माण


13
Shares

काठमाडौं, असार ९ । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको तथ्यांकलाई समावेश गर्दै वृत्तचित्र सार्वजनिक गरेका छन् ।

शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोही शेर्पाहरुको जीवनीमा आधारित रहेर तयार पारिएको वृत्तचित्र सार्वजनिक गरेका हुन् ।

वृत्तचित्रमा समग्र पर्यटन क्षेत्रमा देखिएका बेथितिलाई समेत समावेश गरिएको छ ।

कार्यक्रममा हिमाल आरोही शेर्पाले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा र स्वास्थ्यमा विशेष सहयोग गर्नुपर्ने, वृद्ध आरोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गरिदिनुपर्ने, पर्यटकको उचित सुरक्षा गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले नेपालका हिमाललाई विश्वमा चिनाउन राज्यले नै पहल गर्नुपर्ने बताएका थिए ।