
काठमाडौं, असोज २६ । भारतको म्याक्स हेल्थकेयर सहायक केन्द्रले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।
केन्द्रले शुक्रबार काठमाडौंको शंखमूलमा अत्याधुनिक सुविधासम्पन्न बिरामी सहायक केन्द्रको शुभारम्भ गरेको हो ।
उपचारका लागि भारत जानुभन्दाअघि कुन अस्पताल जाने ? कति खर्च लाग्ने र कुन चिकित्सकलाई देखाउने ? भन्ने परापर्श दिने उद्देश्यले यो सेवा सुरु गरिएको केन्द्रका निर्देशक अनुज मिश्रले जानकारी दिए ।
उपचारकाक्रममा भारत जाने बिरामी ठगिएको गुनासो बढेकाले बिरामीले टेलिफोनबाटै आफ्ना समस्याबारे जानकारी दिनसक्ने र उपचारका लागि कहाँ जाने भन्ने सेवा उपलब्ध गराइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्