
कन्चनपुर, असोज २६ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिनका लागि गठित एआइजी धीरु बस्नेत नेतृत्वको टोलीले शुक्रबार कन्चनपुरमा विभिन्न पक्षहरुसँग सोधपुछ गरेको छ ।
टोलीले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल छलफल गरेको छ ।
टोलीले शनिबार स्थानीय नागरिक समाज, पत्रकार, अधिकारकर्मीलगायतसँग छलफल गर्ने र अनुसन्धानको पछिल्लो अवस्थाकाबारेमा जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ ।
सो टोली अनुसन्धानमा खटिएका प्रहरीको गल्ती तथा कमी–कमजोरीकाबारेमा छानबिन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्