
काठमाडौं, असोज २६ । आज विश्व बाथरोग दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
बाथरोग दिवसकै अवसरमा नेसनल बाथरोग सेन्टरले काठमाडौंमा बाथरोगका बिरामीहरुको निःशुल्क परीक्षण गरेको छ ।
नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले पछिल्लो समय नेपालमा पनि बाथरोगीहरुको संख्या बढ्दै गएको बताए । नेपालको कुल जनसंख्याको ८.७७ प्रतिशतमा बाथरोग देखिएको छ ।
उनले अहिले बाथरोगीहरुको उपचार नेपालमै सम्भव हुने जानकारी दिए ।
बाथरोगले दीर्घकालीन असर गर्ने भएकाले बेलैमा उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
बाथरोगले मानव शरीरका विभिन्न अंगलाई कमजोर बनाउने र सेतो रगतको कमी गराउनुका साथै आँखाको समस्या पनि सिर्जना गर्दछ ।
प्रतिक्रिया दिनुहोस्