
काठमाडौं, असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा बिहीबार पक्राउ गरिएको छ ।
विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको हो ।
आरोपी उपसचिव साहमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्