
काठमाडौं, असोज २५ । विश्व दृष्य दिवसको अवसरमा नमस्ते आँखा सेन्टरले आज निःशुल्क आँखा परीक्षण र शल्यक्रिया गरेको छ ।
‘अँध्यारोबाट उज्यालो’ भन्ने नाराकासाथ काठमाडौंमा सञ्चालित शिविरमा १० जनाको शल्यक्रिया र १५० भन्दा बढीको आँखा परीक्षण गरिएको सेन्टरका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी दिए ।
नमस्ते आँखा सेन्टरले दूर्गम क्षेत्रहरुमा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्