१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


भ्रष्टाचारीलाई टुलुटुलु हेरेर बस्दिनँ : प्रमुख आयुक्त घिमिरे


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

बुधबार पोखरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन शिलान्यास गर्दै उनले कसैलाई पनि भ्रष्टाचार गर्ने छुट नभएको बताए ।

प्रमुख आयुक्त घिमिरेले कर्मचारीतन्त्रले इमान्दारीताका साथ काम नगरे दुईतिहाइ बहुमतको सरकारले पनि काम गरेको नदेखिने हुँदा काममा लागिपर्न आग्रह गरे 

उनले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी परेको बताए ।

भ्रष्टाचार नियन्त्रणमा आयोग सक्रियताका साथ लागेको उनले उल्लेख गरे । भ्रष्टाचार निवारणमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ थियो ।

भवनले पोखराबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उनले बताए ।