१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव


0
Shares

पोखरा, असोज २४ । पोखराको विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको महोत्सवको शुभारम्भपछि मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो ।

शोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै पुनः विन्ध्यवासिनी मन्दिरमा पुगी सम्पन्न भएको थियो ।

मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञसमेत सुरु भएको छ ।

महोत्सव महानवमीसम्म सन्चालन हुने जनाइएको छ ।