११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


५ लाख रुपैयाँ घुससहित पोखराबाट सहन्यायाधिवक्ता थापा पक्राउ


0
Shares

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका हुन् ।

ठगी मुद्दालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।