
काठमाडौं, असार ८ । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल प्रज्ञा प्रतिष्ठानबाट छुट्याएर गठन गरिएका विषयगत् प्रज्ञा प्रतिष्ठानहरुले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार राजधानीमा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ललितकला प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानले आफ्नो क्षेत्रमा पर्याप्त काम गर्न नसकेको बताए ।
छुट्टाछुट्टै प्रतिष्ठानले आर्थिक र भौतिक भार मात्रै थपेको जोशीको भनाइ थियो । विभिन्न प्रतिष्ठानहरु एउटैमा गाभ्ने सरकारी निर्णयमा प्राज्ञहरुबीच अन्तरक्रिया गरिएको हो ।
प्रतिष्ठानहरु गाभ्ने विषयमा उनीहरुबीच तिव्र मतभेद देखिए पनि कला साहित्यको व्यवस्थित अनुशन्धान , अभिलेख र प्रचारप्रसार हुनु पर्नेमा भने एक्येबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्