१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ६ को अवस्था गम्भीर


0
Shares

डीबी विष्ट (इमेज)

अपडेटः

बझाङ, असोज २३ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मंगलबार बिहान बझाङको बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जिप बुंगल नगरपालिकाको वडा नम्बर–५, मिणीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

घटनास्थलमै कन्चनपुर, बेदकोट नगरपालिका–५ बस्ने ६५ वर्षीया विष्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिका–५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको थियो ।

उपचारकाक्रममा कन्चनपुरको बेदकोट नगरपालिका–५ का ३५ वर्षीय प्रेमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बुंगल नगरपालिका–६ का नरेन्द्र कुँवर र कृष्ण कुँवर तथा बुंगल नगरपालिका–८ का धीरेन्द्र बोहरालाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

यस्तै, बेदकोट नगरपालिका–५ की माया बोहरा, चन्द्रसिंह बोहरा र चालक रणबहादुर खातीको देउरा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनाको कारण खुल्ने सकेको छैन ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि लैजान काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर मगाइएको छ ।