काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतका नयाँ न्यायाधीश ब्रेट क्याभानोसँग अमेरिकी जनताको तर्फबाट राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुटो अभियानका निम्ति माफी मागेका छन् ।
यौन दुव्र्यवहारको आरोप खेपेका क्याभानोको विवादित अनुमोदन प्रक्रियापछि शपथ ग्रहण समारोहमा बोल्दै उनले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्यांकन हुनुपर्ने बताए ।
राष्ट्रपति ट्रम्पले विपक्षीले असत्य विवरणहरूको अभियान चलाएको आरोप लगाए ।
क्याभानोले भने अनुमोदन प्रक्रियाको तिक्तताले आफ्नो काममा असर पार्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
यौन दूव्र्यवहारको आरोप अस्वीकार गर्दै आएका उहाँले आफूले सधैँ महिलालाई प्रोत्साहन गर्ने गरेको बताए ।
सीनेटमा भएको मतदानमा क्याभानो ४८ का विरुद्ध ५० को मतले अनुमोदित हुनु भएको थियो ।
क्याभानोको अनुमोदनलाई आगामी दिनहरुमा न्यायालयको सन्तुलन कन्जर्भेटिभ पार्टीको पक्षमा ढल्कने सम्भावनाका रुपमा विश्लेषण गरिएको छ ।
क्याभानोविरुद्ध केही महिलाले यौन दूव्र्यवहारको आरोप लगाएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्