Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कोठा खोज्ने बहानामा चोरी गर्ने महिला पक्राउ


0
Shares

सुनसरी, असोज २१ । कोठा खोज्ने बहनामा घरमा चोरी गर्ने एक महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

केही समयदेखि ईटहरीका विभिन्न स्थानमा एक महिलाले कोठा खोज्न आउने बहाना बनाउँदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थालेपछि सम्भावित महिलामाथि निगरानी बढाएको प्रहरी टोलीले २० गते बेलुका ईटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट २० बर्षीया सरस्वती विकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी विकको साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद बरामद गरेको छ भन्ने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।