१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् ।

इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु गरेको छ ।

तर फ्रान्सले उनी आफ्नो मुलुकबाट नहराएको दाबी गरेको छ । ६४ वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् ।

मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो ।

इन्टरपोलले एक विज्ञप्ति जारी गर्दै मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी भएको र अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ । यो विषय फ्रान्स र चीनका सम्बन्धित निकायको चासो भएको उसले जनाएको छ ।

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री थिए ।

उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए । तर मेङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए ।(एजेन्सी)