११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


किशोरी बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असोज १९ । एक किशोरीको बलात्कारपछि हत्या अभियोगमा बैतडी जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ  ।

अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालकाअनुसार बैतडीको डिलाशैनी गाउँपालिका–४, पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको स्रेस्तेदार भुसालले बताए ।

जोशीविरुद्ध २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१, हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोग थियो ।

‘पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ’–स्रेस्तेदार भुसालले भने–‘अभियोग पुष्टि भएपछि उक्त कैद सजाय सुनाइएको हो ।’