५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


भारतको मध्य प्रदेशमा दुर्घटना, १५ जनाको मृत्यु


0
Shares

भोपाल, असार ८ । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ ।

मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परेको जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् । (एजेन्सी)